Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिकेका तीन कार्यकर्ता पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार | (रासस)
newsabhiyan

धनुषा, २८ असोज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan