Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘कर्णाली प्रदेशवासीले सहयोगको याचना गर्नुपर्दैन’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan

वीरेन्द्रनगर, २८ असोज (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जल, जमीन, पर्यटन र जडीबुटीको खानी भएको प्रदेशवासीले आगामी दिनमा सहयोगको याचना गर्न नपर्ने बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा धेरै सम्भावना भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता कर्णालीमा लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।

बजेटको अख्तियारी नहुँदा, जनशक्ति अभाव हुँदा र अनुभवीको जनशक्ति अभावका कारण प्रदेश सरकार सञ्चालनमा अप्ठ्यारो भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले आइपर्ने समस्याको सम्बोधन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सांसदले मागेको रातो किताब तयार पारिसकेको र सांसदको सेवा सुविधाबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ पटक मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिँदै प्रदेश सरकारले विभिन्न राम्रा निर्णय गर्न सफल भएको जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म ५५ कानूनी बुँदा तयार भएको उल्लेख गर्दै कर्मचारीका अभावले गर्दा काम गर्न कठिनाइ आएको उल्लेख गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan