Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालपनको दशैँ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan
newsabhiyan

बिहान उठी बार्द्लीमा आङ तन्काउदै गर्दा
उत्तरका हिमशोभालाई कुहिरोले झपक्कैे छेक्दा
आखाले देखेसम्मका खेत खलियानमा झुलेका सुनका दाना
अगाडीको बाटोमा केटाकेटीसँग दगुरेका रङिन चङ्गा
१९९० को रेडियोमा घन्केको दशैको मधुर धुन सुन्दा
लाग्थ्यो दशै त दलिन मै आइसकेछ ।

 

दशैको लागी साँचेर राखेको सिङ्गारे खसिलाई
छुट्टाइ छुट्टाइ दैनिकी दुइ मुठी चामल र पिठो दिदा
बोकेकै भरमा बाले दिनको दुइ फेर उचाली जोख्दा
जेठको हुरिले ढालेको दबदबेको रुख
खिया परेको बन्चराले, लपेट्दै ठुटा सङ्गाल्दा
लाग्थ्यो दशै त दलिन मै आइसकेछ ।

जमरा राख्नकै लागी भनेर आमाले
सात थरिका माटो खोजी–खोजि
सालका पातका टपरिमा, बर्बराउँदो बनाउँदै
मकै, धान, जौ र अन्य बिउ छर्दा
पहेँलपुर भएर बारीमा लडेका काँक्राहरु
मनै रसाउने गरी सिसाका भाडामा सँजीदा
दशैको लागी भनेर छिप्पिएर बसेको हजारी केरा
सकी नसकी काँधमा बोकि, आगनमा ल्याइ पछार्दा
लाग्थ्यो दशै त दलिन मै आइसकेछ ।

तन्नामा फिजाएको मोटा धानको बाक्लो चिउरा
मान्द्रो भरी बिस्कुन लगाएको जिरा, धनीया र राता खुर्सानी
कमेराले पोतिएका सेताम्मे भित्ता
रातो माटोले मस्त सजिएको तुलसी मोठ
आँगनमा बिछ्याइएका चिप्ले ढुङ्गा देख्दा
लाग्थ्यो दशै त दलिन मै आइसकेछ ।

पल्टनमा भएका माहिला काका
काँधमा गुन्टा, हातमा टिनको बाकसा च्यापि
कडक्–कडक् बुटको आवाजमा गल्ली नै थर्काउदा
माथ्लो घरे कटुवाल दाइ शुभकामना फुक्दै चक्र लगाउदा
पल्ला घरे जुठेले खोया बिर्को सँग जिब्रो पड्काउँदा
लाग्थ्यो दशै त दलिन मै आइसकेछ ।

शैलेस भट्टराई, चितवन
हाल: अलाबमा, अमेरिका

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan