Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , पाँच घाइते, घाइतेको अवस्था सामान्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan

प्रनिश थापा , चितवन , २९ असोज । चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार राती करिब सवा ८ बजे चितवनको भरतपुर महानगरपालिका–१० स्थित केन्द्रीय बस टर्मिनलमा दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका १४ शिवनगरका अन्दाजी बर्ष ३५/३६ को शन्तबहादुर ताम्राकार रहेको चितवन प्रहरीले जनाएको छ । ना १५ प २०८२ नम्बरको मोटरसाइकल र ना ५० प ७५२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा माडी नगरपालिका ६ बस्ने वर्ष २५ का खेमनारायण महतो घाइते भएका छन । उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, हिजो राती   त्रिशुली नदीमा बस खस्दा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लमजुङबाट काठमाडौतर्फ जाँदै गरेको ना. ५. ख. ३७०५ नम्बरको बस राती सवा १२ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ स्थित त्रिशुली नदीमा खस्दा बसका चालक तनहुँको भानु नगरपालिका १ बस्ने वर्ष ४५ः५० का शम्भु बहादुर गुरुङ गम्भीर घाइते भएको छ ।

उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । चार जना सवार बसमा अन्य तीनजना सामान्य उपचारपछी घर फर्किएको प्रहरीले बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan