Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | रासस/सिन्ह्वा
newsabhiyan

सोल, २९ असोज : उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।

कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।


सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने पनि समाचारमा जनाइएको छ ।


दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ ।

दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो ।

रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan