Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पहिलो खेल हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, २९ असोज : पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ । आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको खेल तालिकाअनुसार आगामी कात्तिक ९ गते उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने भएको छ ।

त्यसैगरी दोस्रो दिन (कात्तिक १० गते) शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडाँै रोयल्स र धनगढीबीच हुनेछ ।

कात्तिक ११ गते विराटनगरले धनगढीसँग खेल्नेछ । सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । कात्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छ ।

प्रतियोगितको विजेताले रु २५ लाख पाउनेछ पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन् ।

यसअघि प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिइएको छ । प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोज टोलीको स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्स टोली स्वामित्व रामबहादुर विष्टसहित युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहित टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan