Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा १२ जना घाइते,सिटी बस चालक फरार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | (रासस)
newsabhiyan

चितवन, ३० असोज : भरतपुर आँपटारी देवघाट सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा तीस जना सवार थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सिटी बस चालक फरार रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan