Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोरखा दरबारको दशैँघरमा फूलपाती भित्र्याइयो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार |
newsabhiyan

गोरखा, ३० असोज (रासस) : परम्परानुसार गोरखा दरबारको दशैँघरमा आज फूलपाती भित्र्याइएको छ । अपराह्न ४ बजे गोरखा दरबारदेखि निस्किएको लावालस्करले ४ बजेर ४४ मिनेटमा फूलपाती चौताराबाट लगेको फूलपाती गोरखा दरबारमा भित्र्याएकोे हो ।

गए राति जङ्गलबाट ल्याइएको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूललाई दरबार भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो ।

गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दशैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्कर सतिपिपल डाँडामा पुगेको थियो ।

आजै सोही स्थानबाट बिहानको शुभसाइतमा राजधानीको हनुमानढोकामा समेत फूलपाती पठाइएको थियो । फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दूकेहरु र भार बोक्ने भारवाहक फूलपाती पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको हेरचाह अड्डाका सूचना अधिकारी कट्टलेले बताउनुभयो ।

हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan