Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रौतहटमा हिन्दु मुस्लिम झडप: 'हानाहान गर्ने व्यक्ति नै एकिन गरिएन'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १ बिहिबार |
newsabhiyan
newsabhiyan

चन्द्रिका भण्डारी,समीर नेपाल,काठमाडौं,१ कार्तिक । रौतहट जिल्लाको राजपुर नगरपालिकामा पर्ने राजपुर गाउँमा स्थानीय मुस्लिम र हिन्दुहरु बीच गत सोमबार झडप हुँदा महिला बालबालिका सहित दर्जनौं घाइते भए ।

घाइते हुनेमा स्थानीय राजपुर नगरपालिका वडा नं.६ बस्ने वर्ष २२ को राजु प्रसाद जयसवाल, वर्ष १६ की खुश्बु जयसवाल, वर्ष ४० की संजिता देवी साह, वर्ष ३३ की इन्दु देवी यादव, वर्ष ३५ की संजु देवी साह, वर्ष १२ की प्रियंका महरा, वर्ष २२ का सुनिल राम त्यसै गरी बलुवा टोल निवासी खुरसैद खान, राजपुर निवासी शेख हफिज आलम, शेख खुरसैद, नजरे आलम घाइते भएको र प्रहरी निरिक्षक ओमप्रकास यादवले जनाएका छन् । 

उक्त घटना हिन्दु समूदाय माथी लक्षित गरि गरेको भन्दै धार्मीक अगुवाहरुले गम्भिर रुपमा लिएकाछन् ।

हिन्दु जागरण नेपालका अध्यक्ष एबं धार्मीक अगुवा रामकृष्ण उपाध्यायले घटनाको सत्य तथ्य उजागर गर्नु पर्ने माग राख्नु भएको छ । घटनामा दोषी उम्किनु हुँदैन् । हानाहान गर्ने व्यक्ति नै एकिन गरिएन हाम्रो गम्भिर आपत्ती छ, उहाँले भन्नुभयो । कुनै उत्सव मनाएर हिड्न पनि नपाउने तानाशाहीपन देखिएको उहाँले आक्रोस ब्यक्त गर्नुभयो । 

दुर्गा भवानी पुजाको छैटौं दिन  सोमबार कलस यात्राको क्रममा स्थानीय मुस्लिम र हिन्दु समूदायका सर्वसाधारण बिच दोहरो झडप हुदाँ दुवै तर्फबाट गरी एक दर्जन भन्दा बढी घाइते भएका थिए।

घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । अन्य समान्य घाईतेहरु प्राथमिक उपचार पछि घर फर्किएका थिए ।

प्रहरीको अनुसार  गोला चौकमा बनेको दुर्गा माताको मूर्तिको मुख खोलाउन सप्तमी अगाडि निकालीएको कलस यात्रामा मस्जिदको बाटो हिडेको विषयलाई लिएर झडप भएको थियो ।

हातहातमा झण्डा र टाउकोमा कलस बोकी बाजा गाजाका साथ स्थानीयहरु नदीमा जल बोझी गर्न जाने क्रममा झडप भएको थियो ।

गोला चौक बाट निस्केको कलस यात्रा पानी टकीं निर आउँदा प्रायः भक्तजनहरु पुरानै मेन रोड बाटो गएको र बाटो सागुंरो भएको कारणले केही बालबालिका र महिला भक्तजनहरु नयाँ बनेको बाईपास बाटो गएका थिए ।

बाईपास बाटो मै मस्जिद पर्ने भएकोले मस्जिदको बाटो आएको आरोप लगाउदै केही मुस्लिम समुदायका स्थानीय व्यक्तिहरुले भक्तजनहरुलाई रोक्न खोज्दा झडपको स्थिति सृजना भएको स्थानीयहरुको भनाई छ ।

घटना पछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रहरी उपरिक्षक केदार ढकाल, शस्त्र प्रहरी उपरिक्ष कृष्णा ढकाल सहितको टोली पुगेर दुबै पक्ष बिच सदभाव र भाईचारा कायम राख्न दुवै पक्षका भद्रभलादमी, स्थानिय जनप्रतिनिधि राखेर  सहकार्य र छलफल गरि घाइतेहरुको उपचार गर्ने आगामी दिनमा येस्तो घटना नदोहोरिने सहमतिका साथ घटनाको समाधान गरिएको छ ।

हिन्दु र मुस्लिम समुदाय बीच भएको द्वन्द्व सामय भएको। सदरमुकाम गौरबाट पश्चिम मुस्लिम बाहुलय क्षेत्र मानिन्छ त्यहा काग्रेंसबाट मो. अफताब आलम सांसद बनेका छन् ।

गाउँ घरमा जनप्रतिनिधि वडा अध्यक्ष,मेयर,सांसद र प्रहरी प्रतिनिधि राखेर उक्त घटना सहमति भएको बताइएको छ ।

उक्त घटनाको बारेमा मुस्लिम अगुवा मो निजामुद्नि भन्नुहुन्छ, मैले पनि सन्चार माध्यमबाट जानकारी पाएको हुँ,थप बुझ्न् कोसिस गरिरहेका छौं । 

हानाहान गर्ने व्यक्ति नै एकिन नगरि सहमति गरिएकोमा सरोकारवालाहरुले आपत्ती जनाएका हुन् । त्यो ८०% मुस्लिम समुदायको बाहुल्यता भएको ठाउँ हो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan