Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीमानले किस गरे, श्रीमतीले आधा जिब्रो नै चुँडालिन्

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३ शनिबार |
newsabhiyan

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा एउटी गर्भवती श्रीमतीले किस गर्ने क्रममा जानजान आफ्नो श्रीमानको जिब्रो आधा चुँडालिदिएकी छन् । आफ्नै श्रीमतीका कारण एक जना २२ वर्षीय व्यक्तिले आफ्नो आधार जिब्रो गुमाउन बाध्य भएका छन् ।

प्रहरीका अनुसार उनीहरुबीच अक्सर झगडा भइरहने गर्दथ्यो । प्रहरीले दिएको जानकारी अनुसार श्रीमान श्रीमती गर्भवती भएकोमा सन्तुष्ट थिएनन् ।

स्थानयिबासीका अनुसार जिब्रो चुँडाल्नुको कारण पनि विचित्रको छ। महिलालाई लाग्ने गरेको थियो कि उनको श्रीमान राम्रो देखिदैनन् ।आफ्नो श्रीमानसँग खुसी थिइनन् ।

तर पछि श्रीमान श्रीमतीबीच मेलमिलाप भयो । तर जब उनले किस किस गरे तब महिलाले करिब आधा जिब्रो चुँडालिदिइन् । प्रहरीले पीडितका पितालाई घटनाबारे जानकारी दिएको जनाएको छ। पीडित पुरुषको सफदरगंजमा उपचार भइरहेको छ।

तर डाक्टरहरुका अनुसार यो भन्न मुश्किल छ कि उक्त व्यक्ति पुनः बोल्न सक्ने हुने छ कि छैन । प्रहरीले महिलालाई भारतीय दण्डस्रहिताको धारा ३२६ (जानाजान कुनै गम्भीर हतियार वा माध्यमबाट गम्भीर चोट पुराउने) अन्तर्गत पक्राउ गरेको छ।

यो धारा अनुसार जन्मकैदसम्मको सजाय हुन सक्दछ । उनले भने कि महिला आठ महिनाकी गर्भवती छिन् र उनलाई हिरासतमा लिइएको छ । एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan