Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिरबाट लडेर महिलाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३ शनिबार |
newsabhiyan

म्याग्दी, ३ कात्तिक (रासस) ः म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।

बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan