Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रामलीला समापनका लागि शहरी विकास मन्त्री राइद्धारा २५ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan
newsabhiyan

दिनेश ठाकुर, नेपालगञ्ज, ४ कात्तिक । नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गते २४ गतेदेखि जारी रामलीला कार्तिक २ गते रावण बध पश्चात सकिएपनि शनिबार औपचारिकता दिएर समापन गरिएको हो ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बाँकेको नेपालगञ्जको रामलीला १ सय ५१ औं वर्ष पुरा गरेको छ । वृन्दाबनका प्रसिद्ध कलाकार राधारमण शर्माको नेतृत्वको २५ जनाको टोलीले रामलीला मञ्चन गरेको थियो ।  यसपालीको रामलीला भब्य, सभ्य र सफलतापुर्वक सम्पन्न गरिएको रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले बताउनुभयो ।

रामलीला मैदानमा आयोजित समापन समारोहमा शहरी विकास मन्त्री मो. इस्तियाक राईले भगवान रामलाई राजतिलक  गराउनु भयो ।  प्रथम राज तिलक भने गुरु वशिष्ठले भगवान रामलाई गराउनु भएको थियो ।

मन्त्री राईले साँस्कृतिक(सामाजिक गतीवीधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

बाँकेकोे समग्र विकासका लागि अर्वौ वजेटसहित योजना छुटयाइएको भन्दै मन्त्री राईले त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आम नागरिकको भएको बताउनु भयो ।

मन्त्री राईले रामलीला मैदानमा निर्माणधीन सभा कक्षका लागि २५ लाख सहयोग गर्ने उदघोष पनि गर्नु भयो । यस्तै मैदान सौन्दर्यकरण र व्यवस्थापन तथा व्यवसायिक पसल सञ्चालनका पनि सांसद विकास कोषबाट सहयोग गर्ने बचन दिनु भयो ।

यसैवीच रामलीला सञ्चालक समितिको तर्फबाट कार्यबाहक अध्यक्ष कानोडियाले रामलीलाको जग्गा संरक्षण सम्वद्र्धन, यसको नियमित आयश्रोत र स्थायीत्वका लागि आवश्यक सहयोग गरिदिन मन्त्री रायईलाई ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।

रामलीला सञ्चालनमा सहयोग पु¥याउने आधा दर्जन विशिष्ठ व्यक्तित्वलाई खादा ओढार सम्मान प्रकट गरिएको थियो । साथै सहभागी अतिथी दिर्घाले पनि राजतिलक लगाइदिएका थिए । सो अवसरमा सञ्चालक समितिका महामन्त्री जगदिश वैश्य, प्रचारमन्त्री विष्णु कुम्हाल लगायतले बोल्नु भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan