Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ ः मुख्यमन्त्री पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

तुलसीपुर, ६ कात्तिक (रासस) : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

“समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ” मुख्यमन्त्री पोखरेलको भन्नुभयो ।
मुख्यमन्त्री पोखरेलले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै उहाँले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो ।
अन्तक्र्रियामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत् गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गर्नुभयो । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत् सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य वुद्धिराम भण्डारी र पूर्व सांसद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan