Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोर्डद्वारा हालसम्म १६ करोड ९० लाख रुपैयाँबराबरको हकप्रद स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष सुरु भएयता १६ करोड ९० लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद स्वीकृत गरेको छ । बोर्डका अनुसार २०७५ साउत १४ गतेदेखि २०७५ असोज २४ गतेसम्म तीनवटा लघुवित्त संस्थाहरुको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १६ लाख ९० हजार नौ सय ५० कित्ता हकप्रद सेयर स्वीकृत गरेको हो ।

सो अनुरुपमा स्वदेशी लघुुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजीबाट एक बराबर एकको अनुपातमा ११ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्काशनको लागि अनुुमति पाएको थियो ।

संस्थाले बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलमार्फत यही असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्मको सेयर बिक्रीको लागि खुल्ला गरिसकेको छ ।

यसैगरी महुुली सामुुदायिक लघुवित्त वित्तीय संस्थाले पनि हाल कायम रहेको चुक्ता पुँजीबाट दुुई बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी तीन करोड रुपैयाँबराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति पाएको छ । बोर्डका अनुसार संस्थाले बिक्री प्रबन्धक सनराइज क्यापिटलमार्फत हकप्रद सेयर जारी गर्नको लागि यही असोज १४ गते अनुुमति पाएको हो ।

बोर्डका अनुसार किसान लघुवित्त वित्तीय संस्थाले पनि दुुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति पाएको छ । संस्थाले यही असोज २४ गते बिक्री प्रबन्धक सिभिल क्यापिटलमार्फत हाल कायम रहेको चुक्ता पुँजीबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुुई लाख ४० हजार दुुई सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको हो ।

अनुुुमति पाएकामध्ये स्वदेशीको हकप्रद सेयर अहिले बिक्रीकै चरणमा रहेको छ भने महुली र किसान सेयर निष्काशन गर्न अन्तिम तयारीमा जुुटेकाछन् । (आर्थिक दैनिकबाट)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan