Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रवेश शुल्क फिर्ता लिन माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

काठमाडौँ, ६ कात्तिक (रासस) ः ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज जारी गरेको विज्ञप्तिमा सरकारले पूर्व जानकारीविना एक्कासि वृद्धि गरेको उक्त शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ ।

स्वदेशी पदयात्रीलाई निःशुल्क प्रवेश दिँदै आएकामा सरकारले हालै अब रु १०० तिर्नुपर्ने, दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकलाई प्रवेश शुल्क रु २०० बाट वृद्धि गरी एक हजार पु¥याएको छ । सार्क मुलुक बाहिरका पर्यटकका लागि रु दुई हजार २६० बाट रु तीन हजार पु¥याएको टानले जनाएको छ ।

सरकारले शुल्क बढाउन अगाडि छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यावहारिक हुने जनाउँदै टानले शुल्क वृद्धिले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कठिन हुने जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan