Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालय ऊर्जाको साधारण सेयर खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

काठमाडौं ।
हिमालयन ऊर्जा विकास कम्पनीको साधारण सेयर खुल्ला भएको छ । आज मंगलबारबाट आयोजना प्रभावित जिल्ला दोलखा र रामेछाप जिल्लाका जनताको लागि साधारण सेयरको बिक्री खुल्ला भएको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बंैकिङमार्फत कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको हो । सर्वसाधारणको लागि न्यूनतम ५० कित्तादेखि अधिकतम चार हजार नौ सय कित्तासम्म सेयर छुुट्याएको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई तीन लख ९६ हजार कित्ता सेयर छुट्याएको छ । बाँकी ६० प्रतिशत अर्थात पाँच लाख ९४ हजार कित्ता सेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको एकदेखि पाँचसम्म र जिरी नगरपालिकाको वडा नं ३ स्थानीयलाई बाँडफाँड गरिनेछ ।

स्थानीयले हिमालय ऊर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा– १, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा, प्राइम कमर्सियल बैंक जिरी शाखा, सेञ्चुरी कमर्सियल बैंक जिरी शाखा र एनएमबि बैंक दोलखा किर्ने शाखामार्फत आवेदन बुझाउन सक्नेछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan