Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वडाका सबै सामुदायिक विद्यालयमा इ–हाजिरी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

भोजपुर, ६ कात्तिक (रासस)ः भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो ।

वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिनुभयो । सो वडा भोजपुर नगरपालिकाभित्रका १२ वटा वडामध्ये इ–हाजिरीको व्यवस्था गर्ने पहिलो वडा रहेको वडाध्यक्ष भुजेलको जिकिर छ । साथै ई– हाजिरी जडान गरिएपछि शिक्षाको गुणस्तरमा सुधार आएको उहाँको भनाइ छ । त्यस्तै निजी स्रोतमा काम गरेका दुवै विद्यालयका एक एक शिक्षकलाई वडा कार्यालयले तलब खुवाउने निर्णयसमेत गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan