Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालीसँग गुराँस टिप्दै आए राजकुमार (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । बहु प्रतिभाका धनी राजकुमार लामा तामाङको प्रस्तुतिमा दशैंको अवसर पारेर दुई वटा सांगीतिक कोसेली सार्वजनिक भएका छन् ।

उनको आफ्नै शब्द, संगीत र स्वरमा सजिएका दुई गीतको भिडियोहरु दुई हप्ताको अन्तर पारेर सार्वजनिक भएका हुन् । गीतहरुमा तामाङ सेलो गुराँस टिप्न र लोक पप गीत काली काली रहेका छन् ।

पछिल्लो समयका निकै नै व्यस्त भिडियो निर्देशक प्रियजन राईको निर्देशनमा दुवै भिडियो निर्माण भएका हुन् ।

गुराँस टिप्न बोलको तामाङ सेलोमा दिपेश एस.के. र दिप्ती तामाङको अभिनय रहेको छ भने काली काली बोलको लोक पप गीतको भिडियोमा समिर राई र निशा तामाङको अभिनय देख्न सकिन्छ । दुवै भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan