Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति भण्डारीका अहम्ता !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ असोज । अहिले सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीले टिका लगाइदिदा गरेको व्यवहारको विरोध भइरहेको छ ।

भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आफु सोफामा बसेर पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई आफ्नो अगाडि घुँडा टेक्न लगाएर टिका लगाइदिएको तस्विर सार्वजनिक भएपछि व्यापक आलोचना भएको छ ।

आलोचना गर्ने उनकै पूर्वपार्टीका नेता कार्यकर्ता बढी छन् । राष्ट्रपतिको राजर्सीपनले कम्युनिष्टको मर्म र भावनामाथि कुठाराघात गरेको तर्क उनीहरुको छ ।

राष्ट्रपति भण्डारी त्यस्ता व्यक्तिकी श्रीमती हुन, जुन व्यक्तिले जनताको नौलो जनवाद भन्ने सिद्धान्त प्रतिपादन गरी जनतासंग नजिक हुने प्रयास गरेका थिए ।

उनका पति मदन भण्डारीको त्यही सिद्धान्तका कारण नेपालमा कम्युनिष्टहरु जनतासंग नजिक मात्रै भएनन्, जनमत जित्नका लागि त्यहि सिद्धान्त भजाउन समेत सफल भए ।

उनको असामहिक निधन पछि राजनीतिमा आएर राष्ट्रको अभिभावक बन्ने मौका पाएकी भण्डारीले गरेको व्यवहारले साच्चै नेपालको कम्युनिष्ट राजनीतिको सिद्धान्त, आदर्श र मार्गबारे प्रश्न चिन्ह उठाइदिएको छ ।

सत्तामा पुगेपछि कम्युनिष्टहरु पनि महासामन्त हुदाँ रैछन भन्ने जग रमेश खड्का स्थापित गर्ने काम गरेको छ । अहिलेसम्म नेपाली राजनीतिमा ठाडो रहेको मदन भण्डारीको शिर झुकाउने काम विद्यादेवीले गरेकी छन् ।

हो, राष्ट्रको अभिभावक भएपछि सांस्कृतिक परम्परा अनुसार टिका लगाइदिनु पर्छ । राष्ट्रप्रमुखको रुपमा टिका लगाइदिने हो भन्दैमा आफु सोफामा बसेर टिका लगाउने मान्छेलाई घुडा टेक्न लगाउनै पर्छ भन्ने छैन । त्यो त पूर्वराजा महाराजाहरुले गरेका थिए र त उनीहरु सामन्तीका रुपमा गनिएका थिए ।

त्यही सामन्ती प्रवृत्तिको विरोध गर्दै जिवनभर राजनीति गरेकी विद्यादेवीको हर्कत सुहाउने खालको पटक्कै होइन ।

राजा र प्रर्जाको हैसियत बराबर हुनुपर्छ, संविधानमा सबैको अधिकार एउटै हो भन्ने राख्ने व्यक्तिले त्यसो गरेर सामन्ती शैलीमा टिका लगाइदिन सुहाउदैन ।

मान सम्मान, पद र कुर्सीको ख्याल गरेमा मात्रै आफ्नो मान सम्मान पनि अरुले गर्छन भन्ने ख्याल महामहिम राष्ट्रपतिले राख्न सक्नुपर्छ । उहाँ भनेको व्यक्ति मात्र होइन, संस्था हो, राष्ट्रको अभिभावक हो । तसर्थ उहाँले आफ्नो होइन राष्ट्रको महिमाको ख्याल राख्न सक्नुपर्छ । अभियान टाइम्सबाट साभार । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan