Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले शिक्षकहरुको माग सुन्छ : तीन नम्बर प्रदेशका शिक्षा मन्त्रीको वचन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १० शनिबार |
newsabhiyan

प्रनिश थापा , चितवन , १० कार्तिक । शिक्षकका मागमा गम्भिर नभएको भन्दै चितवनका शिक्षकहरुले प्रदेश सासंदलाई ध्यानाकर्षण गराएका छन् । शिक्षणलाई आकर्षक पेशा बनाईनुपर्नेमा पनि उनीहरुले जोड दिएका हुन् ।

नेपालीहरु महान पर्वको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा शनिबार नेपाल शिक्षक महासघं चितवनले गरेको अन्तर्क्रीया कार्यक्रममा शिक्षकहरुले यस्तो माग गरेका हुन् । एकाध शिक्षकका कारण सिगों शिक्षण पेशा नै चौतर्फी घेराबन्दीमा परेको शिक्षकहरुले बताएका छन् ।

चितवनबाट प्रतिनिधित्व गरेका प्रदेश सासंद उपस्थित कार्यक्रममा उनीहरुले शिक्षकका समस्या हल गर्न आग्रह गरेका थिए । यसैबीच , कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल अविनासले शिक्षकका समस्या सम्वोधन गर्न आफु तयार रहेको बताए ।

उनले प्रदेशसभामार्फत आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश सासदं रामलाल महतो, कञ्चन खनाल, मिलनबाबु श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्ण कुमार डल्लाकोटीले शिक्षकका सवालमा राज्यले दिर्घकालिन रणनिति तय गर्नुपर्नेमा जोड दिएका थिए ।सबैंधानिक शिक्षक आयोग नै बनाईनुपर्ने आवाज पनि शिक्षकहरुले उठाएका छन् ।

आगामी आन्दोलनको पुर्व सन्ध्यामा गरिएको कार्यक्रमले सरकार र सरोकारवालालाई गम्भिर बन्न प्रेरित गर्न सक्ने नेपाल शिक्षक महासघ राष्ट्रिय समितिका महासचिव लक्ष्मी किशोर सुवेदीले अपेक्षा लिनुभएको छ । नेपाल शिक्षक महासघं चितवनका अध्यक्ष कोमलनाथ घिमिरेले चितवनका स्थानीय तहबाट कार्तिक १६ गतेदेखी तेस्रो चरणको आन्दोलन शुभारम्भ गरिने समेत बताए ।

नेपाल शिक्षक महासघं राष्ट्रिय समितिका सचिव धु्रव पोखरेल,अम्मर बहादुर थापा लगायत शिक्षकसगँ आंबद्ध सघं सस्थांका प्रतिनिधिहरुको आतिथ्यता थियो । सघंका सहअध्यक्ष गुरु प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको अन्र्तरक्रियामा सघंका अध्यक्ष घिमिरेको अध्यक्षता थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan