Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१ सय १२ देशसँग नेपालको व्यापारघाटा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ११ आइतबार |
newsabhiyan
newsabhiyan

रमेश लम्साल, काठमाडौं, ११ कात्तिक । विश्वका एक सय १२ देशसँग नेपालको व्यापारघाटा रहेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका एक सय ४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने एक सय १२ देशसँग घाटा रहेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महिनाको विवरणअनुसार भारतसँग दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार रुपैयाँ बराबरको व्यापारघाटा छ । भारतबाट मात्रै दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँबराबरको माल वस्तु आयात भएको छ ।

नेपालबाट भारततर्फ भने १३ अर्ब १६ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । व्यापारघाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महिनामा ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट ५६ करोड ४० लाख रुपैयाँबराबरको माल वस्तु मात्रै निर्यात भएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

१ सय १२ देशसँग नेपालको व्यापारघाटा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan