Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ११ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, ११ कात्तिक : आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ ।

अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो कार्यक्रमलाई ११ दशमलब ११ नाम दिइएको छ । यसको शुरुवात् सन् २००९ मा अली बाबाले गरेको थियो । यसलाई त्यसबेला ब्ल्याक फ्राइडेको एशियाली स्वरुपमा आयोजना गरिएको थियो ।

त्यस दिन चार लाखले अनलाइनबाट सम्पर्क गरी एक लाखले सामान किन्ने आशा गरिएको दराजका प्रबन्ध निर्देशक राजीव अमात्यले जानकारी दिनुभयो । यस अवसरमा सामानमा ८० प्रतिशतसम्म सहुलियत दिइने उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan