Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तमागं घेदुगं साईप्रसमा : जामो थोकर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १२ सोमबार |
newsabhiyan
newsabhiyan

दिनेश गौतम,  युरोप, साईप्रस, १२ कात्तिक । तमागं जातिहरुको उत्थान,भाषा धर्म र सस्कृतिको सम्र्बधन गर्ने उद्धेश्यले स्थापना भएको तमागं घेदुँग साईप्रसको प्रथम अधिवेशन तथा दास्रो बार्षिक  साधारण सभाले नया नेतृत्व चयन गर्दै आईतवार सम्पन्न भएको छ ।

तमागं घेदुगंका प्रवासका केन्द्रिय  प्रमुख तासी लामाको उपस्थीतिमा  अबिधेशनले जांमो थोकर तमागंको अध्यक्षतामा२५ सदस्यीय नया कार्य समिति गठन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा शर्मिला थोकर तमागं, उपाध्क्षमा सबिता घिसिगं, महासचिव लक्ष्मी ब्लोन तमागं, सचिव सुनिल दोगं तमागं, कोषध्क्षमा मिना लामा र सह कोषाध्यक्षमा निरु घिसिगं रहनु भएको छ भने सदस्यहरुमा युबिना तमागं, साधना बाईबा, अम्बर पाख्रीन, सिता तमागं, राजु लामा, सुकमाया तमागं, हिरा  देबि तमागं लगाएतहरुलाई सर्बसम्मतले चयन गरिएको सस्थाकी निबर्तमान अध्यक्ष नानु गोम्जाले जानकारी दिईन ।

त्यस्तै सस्थाको प्रमुख सल्लाहकारमा सिता तमागं र सल्लाहकारहरुमा माया लोप्चन, ज्ञानु तमागं, हर्कमान बाईबालाई चयन गरेको छ भने सस्कृति बिभाग प्रमुखमा अबि लामा ,अन्जली लामा लगाएत रहनु भएको छ । 

तमागं घेदुगं साईप्रसकी अध्यक्ष नानु गोम्जाको अध्यक्षतामा भएको कार्यक्रममा विदेश भुमिमा रहेर पनि नेपाल र तमागं समुदायको पहिचानलाई जोगाई राख्नुपर्ने र सबै नेपालीहरुमा एकता हुनुको बिकल्प नरहेको बोल्ने बक्तहरुको धारण थियो ।

कार्यक्रममा बोल्दै सस्थाको प्रवास बिभाग प्रमुख तासी लामाले तमागं जातिहरु   नेपालमा आफनो पहिचानको लडाई लडि रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली कन्सुलेट साईप्रसका प्रमुख डा. राम जिवन पन्जियार, एन.आर.एन.ए. साईप्रसका अध्यक्ष सुबास मल्ल लगाएतले सबै नेपालीहरुको भााषा सस्कृति र रितिरिवाजलाई सम्मान गर्नुपर्ने बताएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan