Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतार प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १२ कात्तिक ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कतारको दोहामा आयोजना हुने सुरक्षा समन्वय सम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी र General Directorate of Public Security of the State of Qatar बीच कतारको दोहामा सम्पन्न हुने सुरक्षा समन्वय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त कार्यक्रममा मुख्यत : आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध तथा अन्य अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा समन्वय गर्नको लागि दुई पक्षबीच सम्झौता हुने कार्यक्रम रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan