Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘लिभिङ टुगेदर’ महिलामाथिको ‘शासन’ कि पुरुष प्रतिको ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १५ बिहिबार |
newsabhiyan
newsabhiyan

संझना पौडेल, बढ्दो पश्चिमाकरण भनौं या आधुनिकता आज भोलि नेपाली समाजमा लिभिङ टुगेदर अर्थात् बिहे नगरी केटा केटीसँगै बस्ने परम्परा बढ्दो छ । जानेर या नजानेर अधिकांश कलेज पढ्ने युवा युवती लिभिङ टुगेदरको सम्बन्धमा रमाइ रहेका छन् । 

यो कुरा हाम्रा बाबु बज्यैलाई त परै जाओस आमा बाबालाई भन्दा सम्म जिब्रो टोक्न सक्छन् । किनकि बढ्दो फेसनको रुपमा रहेको यस्तो सम्बन्धलाई हाम्रो समाजले पचाउन सक्दैन नै  । लिभिङ टुगेदर भन्ने बितिकै केटा र केटी आफु खुसि आफुलाई मनपर्ने ब्यतिसँग सँगै बस्ने सम्बन्धलाई बुझिन्छ । 

सँगै बस्ने दुई विपरित लिङ्गी र समान लिङ्गी बीचको फरकलाई नेपाली समाजले प्रश्न चिन्ह त उठाउछ नै ।  यस्तो सम्बन्धमा कुनै पनि केटा र केटी विवाह नगरीकन एकै रुममा बस्छन् अर्थात् लिभिङ टुगेदर रहनेहरूमा अविवाहित युवा युवती, विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला, एकल महिला तथा पुरुष र दुवै विवाहित तर श्रीमान या श्रीमती आफूसँग नरहेकाहरू  पनि पाइन्छ ।

आजभोलि नेपालीमा स्वतन्त्र र अंग्रेजिमा फ्रिडम भन्ने शब्द खुब प्रख्यात छ । अर्थात आफ्नो शरीरको अधिकार आफैसँग, आफुलाई मन लागेको आफ्नो ब्यतिगत जीवनको मामलामा कसैले हस्तक्षप गर्न पाउन्न । किनकि हरेक ब्यतिको अधिकार ब्यतिसँग नै सुरक्षित हुन्न भन्ने कुरा सर्वमान्य छ ।

तर आफ्नो अधिकारको चरम प्रयोग गर्दा त्यसको परिणाम कस्तो निस्केला भन्नेमा खै जानेर हो या नजानेर कोही जानकार छन् जस्तो मलाई लाग्दैन । यस्ता समस्या जटिल बन्दै गयो भने हाम्रो समाज कहाँ जाला ? आज भोलि काठमाडौं, पोखरा जस्ता शहरहरुमा यस्ता जोडिको संख्या बढ्दै  गएको छ ।

तर पनि घर परिवार र समाजको डरले स्पष्ठ र खुलेर भनरे कोही पनि हिडेको पाइन्न ।  अझ भनौं उनीहरु यो सम्बन्धलाई सार्वजनिक गर्न नै चाहान्न न  । यसरी मन लाग्दि ढंगले आफु खुसीसँगै बस्ने परम्परा लिभिङ टुगेदरलाई हाम्रो समाजले मान्यता दिनु त परै जाओस कानुनी रुपमा समेत स्पष्ठ ब्यवस्था भएको पाइन्न् ।

हाम्रो नेपाली मौलिक समाज र त्यसभित्र महिला पुरुषको अस्तित्वको सवालमा ‘लिभिङ टुगेदर’ छाडापनको एउटा दोषारोपणबाट ग्रसित छ भने अर्को विचार र चेतनाको स्वतन्त्रताबाट प्रभावित छ ।

सँगै बस्नुको अर्थ हुन्छ मन मिल्नु, विचार मिल्नु, कामको महत्वलाई प्राथमिकता दिनु, विवाहको मुल्य मान्यता भन्दा फरक ढंगबाट जीवन चलाउनु । तर विपरित लिङ्गीहरु सँगै बस्नुलाई यौनका अनेक प्रश्नचिन्हले विवादको रुप लिएको पाइन्छ ।

नयाँ पुस्ताको बदलिँदो जीवनशैली लिभिङ टुगेदरको सम्बन्धका रहँदा केही हदसम्म क्षणिक लाभ होला तर त्यस्ले दिर्घकालिन रुपमा कस्तो असर गर्ला भन्नेमा कमै सचेत छन होला ।  महिलालाई पनि पुरुषलाई आर्र्थिक रुपमा केही लाभ होला किनकी काठमाडौं जस्तो महंगो सहरमा सँगै बस्दा केही आर्थिक भार कम पर्ला तर यस्को मतलव के केटाले आफुजस्तै केटा साथीसँग र केटीहरुले नाता गोताका आफ्ना आफन्त नभए केटी साथीहरुसँग बस्न नहुने भएके होत अब  ?

तर, आधुनिकताको नाममा आएको यस्ता संम्बन्धले प्रशस्तै विकृति भित्राएको यर्थात छ । मैले यस्तो भनिरहदाँ महिला दिदिबहिनिहरु दुख लाग्न सक्छ ।

कारण मेरो शरीरको अधिकार मैले किन उपभोग गर्न नपाउने ? एक अर्थमा उहाँहरुको तर्क पनि ठिक हो । तर, कस्तो अवस्थामा आफ्नो शरिरको अधिकार आफुले प्रयोग गर्ने भन्ने कुरा थाहा नहुँदा सुरक्षित  हैन असुरक्षित बनेका उदाहरणहरु प्रस्सतै छन् । यस्ता सम्बन्धबाट जन्मेको बच्चालाई कसरी संरक्षण गर्ने ? यति बच्चा जन्मेपछि तपाइको पाटनरले छाड्यो भने कसरी पालन पोषण गर्ने ? बच्चा जन्मन नदिनका लागि प्रयोग गर्ने औषधिहरुबाट शरिरलाई कसरी सुरक्षित राख्ने ? आफुखुसी बसेका सम्बन्धलाई लिएर केटाले लौअब तिमीसँगको नाता साईनो यतिनै अर्कै खोज भनेको अवस्थामा के गर्ने ? तपाइसँग प्रेम गरेको नाटक गरेर शरिरलाई मात्र प्रयोग गरेको रहेछ भनेनि एक पटक सोच्नु आवश्यक छ । 

हो यसरी हेर्दा यस्तो सम्बन्धबाट महिलाहरु नै बढी पीडित हुने प्रष्ठ छ । यस प्रकारको सम्बन्धबाट जन्मने बच्चाको पहिचानको समस्या पनि एक हो । यस बाहेक बच्चा, पैतृक सम्पत्ति लगायतका अधिकारबाट बञ्चित रहने समस्या हुन्छ  ।

यो पनि एक प्रकारको महिला प्रतिको  हिंसा हैन र ? ‘लिभिङ टुगेदर’ महिलाका हितमा नरहेकोले यो जहिले  निश्चित स्वर्थाको लागि मात्रै हुने माथिका कुराहरुले प्रष्ठ पार्दछु । कारण केटाले नि छाडन सक्छ केटीले पनि छाड्न सक्छिन ।

‘लिभिङ टुगेदर’ के साँच्चै महिलाका सवालमा सहज छ त ? गहिरिएर सोच्ने हो भने, सँगै बस्नुले जीवनको एउटामात्र उद्देश्य निर्धारण गरेको हुन्छ, निश्चित स्वार्थ त्यहिपनि क्षणिक मात्रै ! जुन सम्बन्धको आधार प्रष्ट हुदैन त्यस्तो सम्बन्ध टिकाउनै कसरी हुनु र ?  भावनात्मक सम्बन्धको अर्थ एकातिर होला तर मानिस सबै समाजमै बस्ने भएकाले सामाजिक संस्कार र सम्बन्ध के होला ?

पुरुषप्रधान देश नेपालमा ‘लिभिङ टुगेदर’ महिलामाथि ‘यौन शासन’ जमाइरहने संस्कार हो भन्दा असर नर्गला । केही वर्ष सँगै बसेका जोडी माथि समाजको निगरानी रहेको हुन्छ । त्यो पुरुषका लागि हुँदैन । यस्तो सम्बन्धलाई नेपाली समाजले नाजायज भन्ने गरेको छ । नाजायज सम्बन्धमा समाजले महिलाको अत्यन्त  अनादरभाव राख्ने गर्दछ । यस्तै सम्बन्धले आज भोलि कतिपयको न पैसा बच्यो, न जीवनसाथी ।

 जस्ले मानव मात्रलाई सामाजिक समस्याको दल–दलमा फसाउन सक्ने देखिन्छ । व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने सवालमा पश्चिमा समाज हाम्रो समाज र संस्कृतिभन्दा धेरै नै अगाडि छ । देश धनी हुनाको परिणाम हरेक नागरिक शिक्षित र आत्मनिर्भर छन् । कसैद्वारा कोही पालिनु र पाल्नुपर्ने अवस्था रहँदैन । लेखिका पौडेल प्रेस काउन्सिल नेपालको मिडिया अनुगमनकर्ता हुनुहुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan