Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुद्राखाद्री’ बोलको गीत विहिबार सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १५ बिहिबार |
newsabhiyan
newsabhiyan

कार्तिक १५, काठमाडौं  । चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत विहिबार सार्वजनिक गरेको छ । 

‘फ्लास मुब’ शैली अपनाएर युनिटले बुटवल सहित देशका विभिन्न ठाँउहरुमा गीतलाई  सार्वजनिक गरेको हो ।

बुटवलको ट्राफिकचोकमा पनि सोहि शैलीमा  गीतको सार्वजनिक गरियो । गीतमा एकता कलाकेन्द्र बर्दघाटका ३० जना कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एक्कासी बजेको गीतमा उनिहरुले नृत्य प्रस्तुत गर्दा दर्शक अचम्मित परेका थिए ।

टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चर्चामा रहेको चलचित्र बुलबुलको गीत सार्वजनिक कार्यक्रम नेपालका पाँच सहरमा एकसाथ विशेष कार्यक्रमका बिच भएको चलचित्र निर्माता अबिरल थापाले जानकारी गराए ।

बुटवल सँगसँगै काठमाडौको काठमाडौं मल अगाडि,  पोखराको चिप्लेढुङ्गा, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा बिहिबार दिनको ४ बजे एकै समयमा ‘फ्लास मुब’ शैलीमा सार्वजनिक गरिएको उनको भनाई थियो ।

काठमाडौंमा नायिका स्वस्तिमा खडका र नायक मुकुन भुषालको नृत्य हेर्न हजारौको संख्यामा दर्शकहरुको भिड रहेको थापाले बताए ।

चलचित्रको गीतमा छरिएर बसेका डान्सरले अचानक नाचेको दृष्य हेर्न लायक थियो ।  सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित परेका थिए । निर्माण पक्षले यो शैली संभवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुने विश्वास लिएको छ । बजारमा नाचे सँगै युटयुव र मिडियाहरु मार्फत  पनि एकै समय संसारभर गीत सार्वजनिक गरिएको छ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित छाँयाकन गरिएको गीतको कोरियोग्राफी विराज गहतराजले गरेका हुन । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले गीत छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि  र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावी गरे । उनले प्रेमील भावका रचिएको गीत सबैको मुखमुखमा झुण्डिने र बजारमा आफनो चलचित्रको गीतले तरंग ल्याउने र नयाँ रेर्कड कायम गर्न सक्ने पनि बताए । सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का हेर्न पाईन्छ । गीतलाई माया गरिदिन उनले सबैलाई आग्रह गरे । थापा आफैं पनि कार्यक्रममा नाचेका थिए ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज डेट सार्वजनिक गरिसकेको छ । त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भईसक्नेछ ।

के निर्माण टोलीले भनेजस्तै बुलबुलले चलचित्रको उक्त गीतले चलचित्र नगरीमा नयाँ फड्को मार्छ त त्यो भने प्रतीक्षाकै विषय भएको छ ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan