Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाइरल बन्दै ह्रस्व, दीर्घ पछि एआईएको देउसी गीत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १६ कात्तिक । शैक्षिक क्षेत्रमा आफुलाई बेग्लै पहिचानको रुपमा चिनाउन सफल स्कुलहरु मध्ये राजधानीको शङ्खमूलमा अवस्थित अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) पनि एक हो ।

केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको (एआईए) फेरी अहिले  देश चिनाउने देउसी गीत सार्वजनिक गरेर चर्चामा छ ।

स्कुल परिवारले तयार पारेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । गीतको छायांकन विद्यालय परिसरमै गरिको छ ।

गीतमा सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ । गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।

गीतका शब्द सिर्जना स्कुलकै शिक्षक कृष्णप्रसाद गैरे, बिमल घिमिरे  र  खगेश्वर गिरी गरेका छन् । गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको (एआईए) ले जनाएको छ ।

संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन् । अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन् । गीतको छायांकन प्रविन तामाङले गरेका हुन् भने सम्पादनमा समेत उनको भुमिका देखिएको छ । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan