Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही कोही मान्छे’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । बेलाबेलामा फरक फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही कोही मान्छे’ सार्वजनिक गरेकी छन् ।

देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् । ओम श्रेष्ठको कोरियोग्राफी,  राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिट लोक, आधुनिक र तिज गीत दिएकी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan