Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली प्रदेश : दुई विधेयक पारित,प्रदेश प्रगतिका लागि एकता : प्रतिपक्षी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार | (रासस)
newsabhiyan

सुर्खेत, १८ कात्तिक : कर्णाली प्रदेशसभाको ४१औँ बैठकले दुई वटा विधेयक पारित गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संशोधनसहित पारितका लागि पेश गर्नुभएको ‘कर्णाली प्रदेशसभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभाको बैठकले आज सर्वसहमत पारित गरेको हो ।

कानूनमन्त्री भण्डारीले पेश गर्नुभएको विधेयकमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले मुख्यमन्त्रीसहित मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधामा धेरै अन्तर नगर्न अनुरोध गर्नुभयो । मन्त्रिपरिषद्को निर्णयबाट गरिने खर्च अपारदर्शी हुने भन्दै उहाँले कानून बनाएर खर्च गर्न सरकारलाई सुझाउनुभयो । प्रदेशसभा बैठकबाट वर्षे अधिवेशन आजदेखि अन्त्य भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो ।

प्रदेश प्रगतिका लागि एकता ः प्रतिपक्षी

कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली आजको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशको प्रगतिका लागि एकता अपरिहार्य भएको बताउनुभयो ।

कर्णाली मुलुकका अन्य प्रदेशभन्दा कान्छो प्रदेश भएको र राज्यको दृष्टिकोण यसप्रति अहिले पनि कमजोर रहेकाले यो प्रदेश विकासमा कोही प्रतिपक्षी नभएको नेता शाहीले धारणा राख्नुभयो । “हामी कर्णालीवासीको प्रतिपक्षी भनेकै गरीबी, अशिक्षा, अभाव र भोकमारी हो,” उहाँले भन्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan