Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तस्करीमा डीएसपी धितालकै संलग्नता !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १९ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १९ कात्तिक । सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको सशस्त्र बलका सीमा कार्यालयबाटै तस्करी हुन थालेको छ । सशस्त्र प्रहरी बलका सीमा कार्यालयकै सेटिङमा तस्करी हुन थालेको हो ।

कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट सशस्त्रको सेटिङमा व्यउापक मात्रामा तस्करी हुने गरेको छ । सशस्त्र प्रशरी बल नम्बर ३९ राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मका गुल्मपति डिएसपी मनोज धितालको संलग्नतामा तस्करी मौलाएको हो ।

कमान्ड क्षमता नभएका, तर पैसा भनेपछि मरिहत्ते गर्ने डीएसपी धिताल त्यहाँ पुगेपछि भन्सार राजस्वसमेत प्रभावित भएको छ ।

जबकि गत जेठ महिनामा लक्ष्यभन्दा १२९ प्रतिशत राजश्व संकलन भएको थियो भने असारमा ४८ तथा श्रावणमा ८६ प्रतिशत बढी राजस्व संकलन भएकोमा डीएसपी धिताल साउन अन्तिममा सो गुल्ममा आएपछिको असोज महिनामा मात्र राजस्व लक्ष्यभन्दा २० प्रतिशत कम संकलन भएको छ ।

यसबाट समेत तस्करी मौलाएको प्रमाणित हुन्छ । उनले हाल तस्करीबाट मासिक मोटो रकम आम्दानी गर्ने गरेको स्रोत बताउँछ । सप्तरीमा रहँदा पनि उनी मनग्गे कमाएर कृष्णनगर पुगेका हुन् ।

हाल सशस्त्रको केन्द्रीय लेखामा कार्यरत इन्स्पेक्टर गणेश मल्लको नजिकको भएकाले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै उनले संगठनकै बदनाम गराएका छन् । जसले गर्दा भ्रष्टाचार शून्य सहनशिलताको सशस्त्रको नारा भाषणमा मात्र सीमित हुन पुगेको छ ।

यसका साथै आन्तरिक रुपमा समेत कुनै कमान्ड र समन्वय गर्न नसक्ने डीएसपी धितालले अत्याधिक मात्रामा बिदा छाडेर रासनमा समेत बदनाम गर्ने गरेका छन् । जसले गर्दा सो गुल्म पश्चिम क्षेत्रमै सबैभन्दा बढी बिदा मिल्ने कार्यालयको रुपमा चर्चित भएको छ ।

सशस्त्र प्रहरी संगठनले आउट भन्न नहुने भन्दै सर्कलर जारी गरे पनि उनले मातहतका कर्मचारीलाई फोन सम्पर्कमा रहने गरी महिनौंसम्म आउट छोड्ने र रासनको पैसा आफैंले लिने गरेका छन् ।

जसका कारण गुल्ममा जनशक्ति कम हुँदा केही समयअघि कृष्णनगरमा फैलन खोजेको धार्मिक दंगामा बाहिरबाट थप मद्दत लैजानुपरेको थियो ।

उनको यो हर्कतलाई बुटवलमा रहेको ५ नम्बर बाहिनीले समेत कुनै वास्ता नगर्दा मैले जे गरे पनि हुन्छ भन्ने दम्भ डीएसपी मनोज धितालमा बढ्दै गएको छ ।

सीमा सुरक्षालाई बलियो बनाउने र सीमालाई व्यवस्थित बनाउनु नै सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो । दंगा नियन्त्रण, जघन्य अपराध नियन्त्रण, विखण्डवादी तत्वलाई नियन्त्रण गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्ने, विपद्को अवस्थामा नागरिकहरुको उद्दार गर्ने लगायतको जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ ।

सशस्त्र प्रहरी बलले १३ वटा म्यान्डेट पाएको छ । तर, सीमामा रहेका सशस्त्रका अधिकृतलाई कमाउने बाहेकको कुनै म्यान्डेटको मतलब नभएकाले पनि तस्करी मौलाएको हो, समाचार स्रोतले भन्यो, तरुणमा उल्लेख छ ।

विगतमा तराईका २० जिल्लामा नौ हजार ५२४ जना सशस्त्र प्रहरी बल परिचालन भएको थियो । अहिले पुर्नसंरचना गरेर १५ हजार ५३५ पुर्याइएको छ ।

विगतको भन्दा बलियो बनाउँदै लगिए पनि सशस्त्रका कमाउ अड्डामा भने कुनै परिवर्तन आएको छैन, सोही स्रोतले भन्यो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan