Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अछाममा नेकपा एकीकरणको टुङ्गो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १९ सोमबार |
newsabhiyan

अछाम, १९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।

आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका तयार गरेर आज प्रदेश कमिटीलाई सिफारिश गरेको छ ।

एकताअन्तर्गत तीन नगरपालिका र तीन गाउँपालिकामा साबिक नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तहमा साबिक नेकपा (माओवादी केन्द)्रले नेतृत्व पाएको छ । मङ्गलसेन, साँफेबगर, र कमलबजार नगरपालिका तथा ढकारी, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकामा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व लिने निर्णय भएको छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका तथा रामारोशन, मेल्लेख र तुर्माखाँद गाउँपालिकामा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेतृत्व लिने सहमति भएकोे कार्यदल सदस्य तथा राष्ट्रियसभा सदस्य शेरबहादुर कँुवरले जानकारी दिनुभयो । साबिक दुवै पार्टीको जुन जुन स्थानीय तह र वडामा वर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरी नीतिगत निर्णय गरिएको उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan