Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार | (रासस)
newsabhiyan

सुर्खेत, २० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताउनुभयो ।

उहाँले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सडक दुर्घटनाबाट वर्षेनी मानवीय क्षति हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न गराउन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan