Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

“मृत्योर्मा अमृतम् गमय”

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

चन्द्र खत्री (स्वामी सत्यव्रत),  “म विश्वको नागरिक हुँ र विश्वमा शान्ति कायम गर्नको लागि धार्मिक विभेदको सही समायोजन हुनु पर्छ भन्ने शाश्वत प्रस्तुतिकासाथ जो अगाडि बढ्न सक्छ, त्यो नै सच्चा रुपमा अजर, अमर हुन्छ ।

त्यस्ता व्यक्तिलेमात्र अमृत प्राप्त गर्न सक्छन्, यस तर्पm सबैको ध्यान जायोस् र सबैको प्रयास पनि यही भइदियोस् यही मेरो शाश्वत प्रस्तुति हो ।”

गौण जानकारी :– त्यसमा पनि ऋग्वेदमा सृष्टि सम्बत अर्थात ब्रह्म सम्बत्सर अनुसार अध्यात्मको समय, सनातनिक यात्राको समय, आत्मिक यात्राको समय जुन पृथ्वीको जति आयु छ – त्यति नै मानिएको छ, जुन –१५ नील, ५५ खरब, २१ अरब, ९७ करोड २९,४९,०८२ वर्ष उल्लेख छ ।

गौण शुत्र :- “मित्रहरु, अध्यात्म अनुभूति हो, जसलाई व्यक्त गर्न सकिदैन इशारासम्म गर्न सकिन्छ । सच्चा र शाश्वत अध्यात्म प्राप्तिका लागि मनभन्दा पर जानु पर्छ, शास्त्रको अन्तिम प्राप्ति मनसम्म पुग्ने हो, आत्मा ज्ञान र अध्यात्मको लागि शास्त्र र मनको द्रष्टा हुनु पर्छ ।

अध्यात्मले शास्त्रलाई खरानी भनेको छ, यो तपाइ हामीले समेत साक्षात्कार नगरेसम्म यसको बारेमा बोल्नाले पण्डित त बनिएला तर अध्यात्मवादी बन्न सकिदैन ।

मित्रहरु, अध्यात्मको कुनै शास्त्र हँदैन, अध्यात्म त विज्ञान हो । अध्यात्म र समस्या सँगै रहन सक्दैनन् किनकि अध्यात्म समाधान हो, समाधि हो । समाधिको अर्थ हुन्छ – बुद्धि सम हुनु, सबैप्रति सदभाव राख्ने हुनु, पक्षपात नगर्नु । सहानुभूतिमा हैन समाधानमा बाँच्नु पर्छ ।”

“आत्मा र शरीर, दिन र रात, सुख र दुस्ख, जीवन र मृत्यु अध्यात्म र भौतिकता एक आपसका विरोधी नभए परिपूरक हुन् र आत्मबोधरआत्म साक्षात्कार गरेको ब्यक्ति यी सबैको साक्षी हुन्छ, यही नै अध्यात्मको रहस्य हो र जीवनको अन्तिम उपलब्धी हो ।”

“अध्यात्मले मृत्युलाई समेत साक्षात्कार गर्न सक्छ र जसले आप्mनो दृष्टि बदल्दछ , उसले सारा सृष्टि बदल्न सक्दछ । अरुको दास हैन आफ्नै मालिक बन, आफूभन्दा यस संसारमा अरु कोही छैन किनकि –Single tree shows that the whole ever–green, single drop shows that the intire Ocean, single man shows that the whole nation, single word shows that the whole philosophy and single realization shows that the whole world.”

“राजनीतिज्ञहरु आफूलाई रुपान्तरण गर” कसरी ? देशमा रहेको साधनस्रोतको हालीमाली पनि राजनेता नै छन् र उनीहरु विवेकहीन भइदिए भने देशको अवस्था कस्तो होला । 

हाम्रो शिक्षा नीति अति नै फितलो छ, शिक्षा ब्याबहारिक हुनु पर्छ र यसमा राज्यले ध्यान दिनु नितान्त आवश्यक छ, मुख्य समस्या यहाँ छ कि राज्य सञ्चालन गर्नेहरुको Capability कस्तो छ । रुपान्तरण हुनु जरुरी छ, पुनर्जन्म के हो ?

यो शरीर छोडेर अर्को शरीर धारण गर्नु पुनर्जन्म हैन तर आज यही विडम्बना दोहरिएको छ जुन आजको समयमा अति नै समय सापेक्ष छैन, यही भएको छ – तै चुप, मै चुप, स्वर्गको लोभ र नर्कको भय देखाएर सर्वसाधारणलाई लुट्ने काम भएको छ । पुनर्जन्म के हो स्वर्ग के हो र नर्क के हो ?

''ऊँ असतोमा सद्गमय, तमोसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय” भनेको के हो ? असत्य के हो, यो संसार नै असत्य हो त ?

“असतोमा सद्गमय” – सत्यको आडमा असत्य कर्महरु भएका छन्, जति पनि दुष्कर्महरु भएका छन्, ती सबै सत्कर्मको आडमा भएका छन् मीत्रहरु । सत्यले गति लिनको लागि असत्यको सहारा लिनु पर्छ, अलि कति गहिराईमा प्रवेश गर्दै छौ, विरोधाभाषि लाग्न सक्छ – आत्मासात गर्नु जरुरी छ ।

सारा सांसारिक उपलब्धीहरु असत्य हुन्, असत्य यस अज्ञानको अर्थमा व्यक्त गरेको छु । कर्ममा सत्यता हुनु पर्छ, मीत्रहरु । निराकारको अर्थ आकार नहुनु हैन, चाहेको अवस्थामा जस्तो पनि आकारमा आउन सक्नु नै निराकार हो ।

जस्तो अवस्थामा पनि Adjust हुन सक्ने अहंकार रहितलाई नै निराकार भनिएको हो । हावाको, पानीको, आगोको के कस्तो आकार छ, त्यसको कुनै आकार पनि छैन तर चाहेको अवस्थामा कुनै पनि प्रकारको भाडोमा राख्दा त्यसै प्रकारको आकारमा आउँछ – त्यही हो सत्य, त्यही हो निराकार ।

कार्यहरु व्यक्तिबाट गरिने हुन्, तिनीहरु सत्य पनि हुन सक्लान्, सत्य पनि हुन सक्लान् तर त्यो कर्तालाई कर्मसित Identify गर्न सकिदैन – त्यो कर्ता द्रष्टा हो मीत्रहरु । 

आत्मिक तलबाट यसलाई बुझ्नु जरुरी छ, विज्ञानले जसलाई ज्ञान भनेको छ, वास्तविकतामा त्यो ज्ञान हैन, त्यो अज्ञान हो र ज्ञानी अज्ञानीका विरोधी हैनन्, अज्ञानले जीवन चल्छ तर जीवन बदलिदैन – बदल्नुको अर्थ हो, रुपान्तरण गर्नु ।

न्युट्रल अवस्थामा रहेर Positive vibration दिनु नै जीवनको सफल रहस्य हो । अध्यात्मले शरीरलाई असत्य सम्झेको छ, Invaluable अबस्थामा रहेर खबगिबदभि वस्तुको प्रयोग गर्नु, नासवान वस्तुकोमात्र मूल्याङ्कन गर्न सकिन्छ, जसको मूल्याङ्कन हुन्छ, जसलाई किनबेच गर्न सकिन्छ, त्यो अज्ञान हो, भन्ने जान्नु नै “असतोमा सद्गमय” हो तर ब्याबहारिक जीवनमा अध्यात्म र राजनीतिमा के भएको छ – त्यसको द्रष्टा बन्न यहाँहरुलाई जिम्मा दिन्छु ।

“तमोसोमा ज्योतिर्गमय” – अन्धकारबाट नै हरेकको यात्रा शुरु हुन्छ, त्यहाँ पनि रुपान्तरण हुनु जरुरी छ । राजनीतिज्ञहरुलाई रुपान्तरण हुन भन्नुको अर्थ राजनीति अध्यात्मको प्रकाशको आधारमा गर्नु पर्छ, आत्माको प्रकाशमा गर्नु पर्छ ।

कसैको इशारामा हैन, मीत्रहरु अ–र्याएको बुद्धिले र भरेको खर्चले कहिल्यै पनि पुग्दैन । स्वविवेकले काम गर्नु पर्ने हुन्छ, त्यसको लागि हरेक क्षेत्रमा अध्यात्मको प्रकाशको मार्ग दर्शन हुनु जरुरी छ । कुनै पनि बीज (बीऊ) लाई पहिले अन्धकारमा नै रोप्नु पर्छ, त्यसपछिमात्र उसको यात्रा प्रकाशतिर हुन्छ, Foundation त अन्धकार नै हो र अन्धकारको उपलब्धीलाई अध्यात्मको प्रकाशमा प्रयोग गर्ने हो ।

हेर्नुहोस् मीत्रहरु हवाइ जहाज, पेस्तोल, बन्दुक, विभिन्न प्रकारका बमहरु, खुकुरी आदि सबैको दुरुपयोग भएको छ, यी सबै रक्षाको लागि प्रयोग हुनु पथ्र्यो तर विनासको लागि राजनैतिक अहंकारको परिपोषक गर्नको लागि दुरुपयोग गरिएको छ, This is misuse of science. मीत्रहरु आजको युगमा, अहिलेको तत्कालिन परिस्थितिलाई हेर्दा मनुष्य जातिलाई Bomb हैन Bread को आवस्यकता छ – यो आत्माको आवाज हो, अध्यात्मको आवाज हो, मुख्य रुपमा यस शाश्वततालाई राजनेताहरुले आत्मसात गर्नु जरुरी छ ।

गहुँको वा मकैको वा धानको कुनै पनि विरुवाको विजारोपण पहिले अन्धकारमा गरिन्छ र त्यसपछि जब अंकुरण हुन्छ, त्यो विजको अवस्था रुपान्तरण हुन्छ, त्यो बीज अब बीज रहँदैन, त्यो अब मलको रुपमा रुपान्तरण भइसकेको हुन्छ ।

त्यसको पुनर्जन्म भएको हुन्छ, त्यो सडेर नासिएको हैन, अंकुरण नै नहुनु भनेको सडेको र नासिएको हुन्थ्यो मीत्रहरु । त्यस्तै राजनीतिलाई मलको रुपमा रुपान्तरण हुनु जरुरी छ ।

“मृत्योर्मा अमृतम् गमय” – आफ्नो शारीरिक शक्तिलाई रुपान्तरण गरी आत्मिक शक्तिमा रुपान्तरण गर्नु भनेको मृत्युबाट अमृततिर जानु हो । अमृत भनेको अमरता हो, यस शाश्वततालाई हामीहरुले हृदयदेखि नै आत्मासात गर्नु जरुरी छ ।

शरीर माध्याम् खलु धर्म साधनम् भनेर जुन भनियो – कृषि, स्वास्थ्य, शिक्षा, अनुशासन र जागरण त्यस्तै शान्ति, आनन्द, उत्सब, सहजता र प्रेमपूर्ण व्यबहार नै आध्यात्मिक गुणहरु हुन् । यी आदि शाश्वततालाई प्राप्त गरेपछिमात्र हामीहरुले अमृतको आश्वादन गर्न सक्छौ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan