Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रथम जागौं युवा क्रिकेटको उपाधि अकलालाई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार | (रासस)
newsabhiyan

दमौली, २० कात्तिक । जागौंँ युवा नेपाल तनहुँले आयोजना गरेको प्रथम जागौंँ युवा क्रिकेटको उपाधि व्यास नगरपालिका–१ गल्बुबँेसीस्थित अकला युवा क्लबले जितेको छ ।

व्यास–१० स्थित बैरेनीमा आज भएको फाइनल खेलमा व्यास–१२ शेरास्थित मनकामना युवा क्लबलाई एक विकेटले पराजित गर्दै अकलाले उपाधि जितेको हो ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीले क्रमशः रु २५ हजार र रु १२ हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कार यही कात्तिक ३० गते तनहुँको दमौलीमा आयोजना हुने आदिवासी जनजाति सांस्कृतिक महोत्सवको अवसरमा प्रदान गरिने जागौंँ युवा नेपाल तनहुँका सचिव सागर घिमिरेले जानकारी दिनुभयो । कात्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan