Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटकीय गन्तव्यको सूचीमा नयाँ गन्तव्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | (रासस)
newsabhiyan

बेझाड (पाल्पा), २१ कात्तिक । पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ ।

सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् ।

पाल्पाको पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा सानो फेवातालका नामले समेत प्रख्यात बनेको छ । वर्षायामको पानी जम्मा हुने खाडललाई यहाँका स्थानीय युवाले तालको रुपमा परिणत गरेपछि अहिले सानो फेवाताल भनेर सबैले चिन्ने गर्छन् ।

सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्रअन्तर्गत तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि रामपुरवासीमा उत्साह बढेको छ ।

यस्तै रम्भा गाउँपालिकामा पर्ने रम्भादेवी मन्दिरलाई पनि सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेसँगै रम्भा गाउँपालिकाका स्थानीयले गाउँपालिकामा विकासको गति लिने आशा गरेका छन् ।

यसअघि नै सरकारले पाल्पाकै ऐतिहासिक, पर्यटकीय रानीमहल दरबार र श्रीनगर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा राखेको छ । अहिले यी क्षेत्रलाई पनि सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको सूचीमा राखेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan