Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिरासतमा ढुंगानाको मृत्यु, परिवारमा घरमा रुवाबासी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २१ कात्तिक । व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ।

आइतबार राति असई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। 

मृतकका दाई शेरबहादुर ढुंगानाले घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भार्इलाई मोटरसाइकलमा हालेर लगे तर अर्को दिन नराम्रो खबर आयो आँखाभरि आशु पार्दै भने ।

भार्इलाई लिएर गएकै दिन राति ११ बजे असई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरले बताए ।

प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग असई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको हो , प्रहरीले कुनै अमानविय ब्यवाहार गरेको छैन् ।

उनलाई पक्राउपछि विर हस्पिटलमा स्वास्थ्य परीक्षण गराएर थुनामा राखेको बताए ।

लामाले ढुंगाना छारे रोगका बिरामी रहेको उल्लेख गर्दै भने, ‘बिहानपख अप्ठ्यारो भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याएर परिवारलाई खबर गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताए ।

मृतकका आफन्तका अनुसार, सोमबार भेट्दा रवीन्द्रको अवस्था गम्भीर भइसकेको थियो । उनको अनुहारमा चोट छ भने मुखबाट रगत बगेको देखिएको उनका दार्इ शेरबहादुरले दाबी गरे । रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगञ्जमा छ ।

पारिवारिक स्रोतका अनुसार असई कार्कीसित रवीन्द्रकी श्रीमती थापाले ऋण लिएकी थिइन् । ऋण फिर्ता गरिसक्दासमेत कार्कीले बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने भन्दै बारम्बार धम्क्याउने गरेका थिए ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan