Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेश जाने खेलाडी बिदाई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २१ कात्तिक । सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिनुभयो ।

यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ । प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ ।

मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड स्नुकर तथा पुल संघ आज पुनर्गठन गरेको छ ।

पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।

सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ प्रतिनिधि छन् ।

पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव विष्टले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिइ तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan