Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan

काठमाडौँ, २१ कात्तिक (रासस) ः उपसभामुख शिवमाया तुम्बाहाम्फे आज बेलायत प्रस्थान गर्नुभएको छ । महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ । उहाँले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुने छ । यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवद्र्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ । ‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्स’सँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुनुहुने उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan