Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार सङ्कल्पित’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan

बुटवल, २१ कात्तिक (रासस) : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यवहारिक रूपमा सङ्घीयताको कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफू नेतृत्वको प्रदेश सरकार सङ्कल्पित रहेको बताउनुभएको छ ।

उहाँले मुलुकबाट अब छिटोभन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले नेपाल संवत् ११३९ को अवसरमा आज व्यक्त गर्नुभएको शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् नेपाली परम्परा र मौलिकतासँग गाँसिएको उल्लेख गर्नुभएको छ । उहाँले शङ्खधर साँख्वाले गरीबको ऋणमोचन गरेका कारण शुरु भएको मानिने यस संवत्ले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना, विपन्नको सम्मान र सामाजिक सद्भाव स्थापनामा सधैँ महत्व राख्छ भन्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको र संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेशअनुसारको नयाँ सरकार गठन भई संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

साथै प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको सन्दर्भमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्न प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा नेपाल संवत्को अवसरमा अपिल गर्नुभएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan