Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण अफिकामा आगामी मेमा निर्वाचन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan

जोहानेसबर्ग, दक्षिण अफ्रिका, २१ कात्तिक (रासस÷एएफपी) ः दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उहाँको सत्ताधारी दल, अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी)ले कमजोर अर्थतन्त्रलाई लिएर देखाएको मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने एएनसीले निर्णय गरेको हो । यद्यपि राष्ट्रपतिद्वारा निर्वाचनको औपाचारिक घोषणा भने आगामी फेब्रुवरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ ।
सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो । स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उहाँले राजिनामा दिनुभएको थियो ।
जुमाले राष्ट्रपतिबाट राजिनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको थियो ।
दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो ।
सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी बामपन्थी दल इएफएफले छ प्रतिशत मत ल्याएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan