Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुदा ११ लाख बराबरको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक  २२, काठमाडौं । लक्ष्मी पूजा गर्ने क्रममा बालेको झिलिमिली बत्तीको विद्युत सर्ट भई आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो।

सोही घरको भुइँ तल्लामा किराना पसलको व्यवसाय गर्ने ढुंगेल लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला विद्युत सर्ट भई आगलागी भएको महानगरिय प्रहरी प्रभाग सानो थिमिका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए।

आगलागीबाट करिब १० तोला सुनका गरगहना, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।

करिव ७ः४५ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको दमकलको संयुक्त प्रयासले ९ बजे नियन्त्रणमा आएको थियो। समाचार नेपाल समाचार पत्रमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan