Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुलमान घिसिङ मध्यराती भार प्रेषण केन्द्रमा पुगेपछि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक  २२, काठमाडौं । देशभर दीपावलीको खुसीयाली भइरहेका बेला नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङ बुधबार राति कलंकी स्युचाटारस्थित भार प्रेषण केन्द्रमा पुगे । त्यहाँ पुगेर उनले आफैँ देशभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गरे ।

विद्युतको आपूर्ति र मागबीचको अन्तरलाई सन्तुलित बनाएर देशभर विद्युत् प्रवाह गराउने जिम्मा लिएका घिसिङ आफैँ भार प्रेषण केन्द्रमा बसेर देशभरको विद्युत् आपूर्तिको अवस्था निगरानी गर्न सक्रिय रहे ।

घिसिङले स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशभरका जलविद्युत केन्द्रबाट उत्पादितबिजुली र भारतबाट आयात भएको बिजुलीको अवस्थाबारे निरन्तर जानकारी मात्रै लिएनन् माग र आपूर्तिको सन्तुलनबारे पनि चनाखो भएर आफू मातहतका निकाय र कर्मचारीलाई त्यहीँबाट निर्देशन दिए ।

घिसिङले १५ सय मेगावाट माग भए पनि त्यसको भार धान्न आफूहरु तयार भएको बताउँदै देशभर कहीँ कतै गडबडी हुन नदिइ जनताको घर दैलो झिलिमिली बनाउन केही दिन अघि नै निर्देशन दिएका थिए ।

दीपावलीको राति देशभर कहीँ पनि लोडसेडिङ हुन नदिने गरी व्यवस्थापन गरिएकाले त्यही अनुसार रिजल्ट देखाउने गरी काम गर्न प्राधिकरणले मातहतका सबै कार्यालयलाई भनेको थियो । आजको राति विद्युत् भारको चाप अत्यधिक हुने भएकाले केही प्राविधिक समस्या आइ गएमा तत्काल समाधान गर्ने गरी ठूला जलविद्युत केन्द्र, सव–स्टेशन र वितरण केन्द्रका कर्मचारीलार्इ उच्च सतर्क अवस्थामा रहँदै प्राविधिक सामग्री तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा वर्षभरिमा सबैभन्दा धेरै बिजुली आजकै दिन माग हुन्छ । प्राधिकरणका अनुसार दीपावलीका दिन १२ सय मेगावाटसम्म बिजुली माग हुने गरेको छ । घिसिङले भने १५ सय मेगावाट माग भए पनि आफूहरू त्यसका लागि तम्तयार रहेको बताइसकेका छन् ।  समाचार अन्नपूर्ण पोष्टमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan