Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्रान्तिकारी माओवादीको शुभकामना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

काठमाडौँ, २२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवत्को नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताउनुभयो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan