Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माझी युवालाई प्रदेशसभा सदस्य लामाबाट कम्प्युटर उपहार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | (रासस)
newsabhiyan

मेलम्ची, २२ कात्तिक : प्रदेश नम्बर ३ सदस्य निमा लामाले पिछडिएका माझी समुदायलाई कम्प्युटर उपहार सहित तिहारको शुभकामना दिनुभएको छ ।मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले उक्त समुदायको नवज्योति जनजागरण सांस्कृतिक परिवार आठ कम्प्युटर र एक प्रिन्टर प्रदान गर्नुभएको हो ।

माझी युवाले अध्ययन गरे पनि उच्च शिक्षा अध्ययनका क्रममा कम्प्युटरको ज्ञान नहुँदा अरुभन्दा कमजोर भएको पाइएकाले आफूले सहयोग गरेको सांसद् लामाले जानकारी दिनुभयो । माझी समुदायका युवा पढाइमा अब्बल हुँदै आएका छन् । स्थानीय विद्यालयका कम्प्युटर शिक्षक अमृत माझीको संयोजनमा युवालाई दैनिक कम्प्युटर शिक्षा दिइने उक्त क्लबले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan