Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वप्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

काठमाडौँ, २२ कात्तिक (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल संवत्का अवसरमा आज शुभकामना सन्देश जारी गरेर विपक्षी दलका नेता देउवाले पारस्परिक एकता र सद्भावलाई अघि बढाउन सकेमा मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत बनाउन सकिने बताउनुभएको छ ।

सन्देशमा उहाँले हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्टमा रुपान्तरण गर्न नेपाल संवत्को नयाँ दिनले यही प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी भाइटीकाको अवसरमा उहाँले आजै अर्को एक शुभकामना सन्देश निकालेर अन्धकार विनाश गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेको सबै खालको अँध्यारोमाथि विजय प्राप्त गर्न प्रेरणा मिलोस् भन्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan