Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साढे चार लाख नगद सहित २३ जुवाडे चितवन प्रहरीको फन्दामा, मुद्दा चलाउने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

प्रनिश थापा , चितवन , २३ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा झन्डै साढे चार लाख नगद सहित २३ जुवाडे लाई  बिहानै पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो ।

उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । त्यस्तै, सोही समयमा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका १५ फुलवारी स्थित कमल पोखरीबाट कौडा खेलिरहेका ४ जनालाई समेत पक्राउ गरेकोे छ ।

उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ नगद समेत बरामद गरेको एसपी राठौरले बताउनुभयो । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको राठौरको थप भनाइ थियो ।

एसपी राठौरले चितवनमा जिम्मेवारी सम्हाले संगै जेठ ४ गतेदेखि जिल्लालाई शान्त, सुरक्षित र भयरहित समाजको परिकल्पा गर्ने उद्देश्यका साथ थ्रीएस अप्रेसनको सुरुवात गरिएको थियो । जुन उदेश्य अन्तर्गत जुवा पनि एक थियो । पछिल्लो समय जिल्लामा जुवा अखडामाथि चितवन प्रहरी आक्रमक हुन थालेपछि लुकिछिपी जुवा खेल हुने गरेको थियो ।

जहाँ प्रहरी चनाखो हुँदा र सुरक्षामा कडाइ गर्दा जुवाडेहरु भटाभट नियन्त्रणमा आउन थालेको छ । जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले पटकपटक अनुरोध गर्दै  आएपनि जुवाडेको जुव खेल्ने कुलत अझै संघर्षरत नै छ ।

साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत चितवन प्रहरीले अनुरोध गरेको छ । अध्यावधिक गरिएको ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan