Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झडपमा नौ घाइते, १० पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | RSS
newsabhiyan

खजुरा, २३ कात्तिक,  बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan