Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | RSS
newsabhiyan

गौशाला, २३ कात्तिक , आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् ।

आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् ।

उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् । दिदीबहिनीले “बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा” अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो पर्व मनाएका छन् ।

बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् । मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan