Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बरिष्ठ गायक लाक्पा शेर्पालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan
newsabhiyan

लाक्पा जी शेर्पा,
काठमाडौं । ‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् । शेर्पा कलाकार संघले राजधानीमा विशेष समरोह आयोजना गरी बरिष्ठ गायक शेर्पालाई सम्मानित गरेको हो ।

कला, संगीतको माध्यमबाट शेर्पा समुदायमा मात्रै नभएर सिंगो कलाकारिता जगतमै उदाहरणीय बनेका भन्दै शेर्पालाई सम्मान गरेको जनाएको छ । लामो समयदेखि संगीत कर्ममा लागेका शेर्पा गीतसंगीतका माध्यमबाट निरन्तर साधनारत छन् ।
दीपावलीको अवसरमा शुभकामना आदनप्रदानसहित आयोजना गरिएको कार्यक्रममा देउसी भैलोका साथमा आपतकालिन कोष निर्माण लगायत उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै ओखलढुंगा कलासहित्य समाज काठमाडौंका अध्यक्ष गम्बु शेर्पाले समुदायका अगुवाहरुले कलाकारिताको महत्व र कलाकारलाई चिन्न नसकेको भन्दै दुःखेसो व्यक्त गरे । कलाकारहरु समाज रुपान्तरणको दह्रो खम्बा भएपनि त्यसबारे अगुवाहरु नै अनविज्ञ रहेको उनको गुनासो छ । कलाकारलाई सम्मानका साथै सहयोगले उनीहरु निरन्तर साधनामा लाग्न सक्ने उनको भनाइ थियो । त्यस्तै, नेपाल शेर्पा संघका अध्यक्ष इन्जिनियर एडी शेर्पाले संस्थाको दीर्घजीवनको कामना गरे । संस्थाहरु जन्मिने र सेलाउने क्रमले राम्रो सन्देश नगएको उनको भनाइ छ । त्यस्तै, महिला संघका अध्यक्ष ङिमी शेर्पाले २१ औं शताब्दीमा पनि नारी पुरुष बराबरी हुनुपर्ने कुरा उठाइरहनुपर्ने वाध्यत्मक अवस्थाले लज्जित बनाएको टिप्पणी गरे । नयाँ संविधान जारी भई कार्यान्वयनमा रहेको अवस्थामा समनताको लागि नारा लगाउँदै सडकमा कुर्लिनुपर्ने अवस्थाले राम्रो सन्देश नजाने र समानताको लागि सम्मानजनक व्यवहार जरुरी रहेको जनाए ।

आपतकालिन कोषका लागि चर्चित गायक गम्बु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लगायतले आर्थिक सहयोग घोषणा गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बाह्रविसे नगरपालिकाका मेयर ङिमा फिन्जो शेर्पा लगायतले शुभकामना व्यक्त गरे । राष्ट्रियगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेर्पा कलाकारहरुले आफ्नो प्रस्तुती दिए । कार्यक्रममा देउसीबाट संकलित रकम कलाकार आपतकालिन कोष स्थापना गर्ने सचिव दावा के शेर्पाले जानकारी दिए । डिजे ङवाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम ल्हामु शेर्पाले सञ्चालन गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा किसान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा समाजमा ख्याती कमाएका र योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान पत्र समेत प्रदान गरेको कोषाध्यक्ष जाङमु इनन शेर्पाले जानकारी दिए । कार्यक्रम शेर्पा पार्टी प्यालेश जोरपाटीमा आयोजना भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan