Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्सको प्रतिष्ठित साहित्य पुरस्कार म्याथुलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | (रासस÷एएफपी)
newsabhiyan

पेरिस, कात्तिक २३ : निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा हालै सम्मानित गरिएको छ ।

उहाँको दोस्रो उपन्यास लेयर्स इन्फ्यान्टस एपेक्स एक्स (उनीहरूपछिपछि बच्चाहरू) नामक उपन्यास १९९५ पछिको फ्रान्सको औद्योगिक मन्दी र किशोर लोभ लालचको चित्रण गरिएको छ ।
कृतिका लागि मैले आफँैलाई १८ महिनासम्म एउटा बन्द कोठामा सीमित गरेको थिएँ, चालिस बर्षीय पूर्व पत्रकार म्याथ्युले बताउनुभयो ।
एक उराठ औद्योगिक नगरबाट छुटकारा पाउने तीब्र आकाङ्क्षा बोकेका किशोरहरूका चार बर्षको समयावधिलाई उपन्यासमा चित्रण गरिएको छ ।
भोगेको संसारलाई पुस्तकमा उतार्न भरमग्दुर प्रयास गरेको म्याथुले बताउनुभयो ।
दश यूरोको सामान्य राशी भएको गोन्कर्ट साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार एकाएक चर्चाको शिखरमा पुग्ने र कृतिले ठूलो ब्यापार गर्न सफल हुन्छन् ।
सन् २०१४ मा म्याथ्युको पहिलो उपन्यास ‘एक्स एनेमक्स ला गेरे’ प्रकाशित भएको थियो ।
उक्त उपन्यासमा पनि उहाँले विश्व ब्यापारीकरणले फ्रान्सको एक शहरमा पारेको नकारात्मक प्रभाव चित्रण गर्नुभएको थियो ।
चालिस बर्ष पुगिसक्दा यो उहाँको दोस्रो उपन्यास कोट्याउँदै उहाँले हाँस्यात्मक पारामा भन्नुभयो, “मैले आफुले के लेख्न सक्छु भन्ने थाहा पाउन नै मलाई लामो समय लाग्यो ।” आफ्नो धीमा गतिकै कारणले आफुले सबैकुरा राम्रोसँग अवलोकन र चित्रण गर्नसकेको उहाँले बताउँनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan